हाईकोर्टले रद्द गऱ्यो राज्यका ३६ हजार प्राथमिक शिक्षकको नौकरी

1-1.jpg

कोलकताः कोलकता हाईकोर्टका न्यायाधीश अभिजीत गांगुलीले अवैध तरीकाले नियुक्त गरिएका ३६ हजार प्राथमिक शिक्षकहरूको नौकरी रद्द गर्ने आदेश शुक्रवार दिएका छन्। यी सबै अप्रशिक्षित हुन्। आगामी चार महिनासम्म यी सबै शिक्षकहरू स्कूल त जानेछन्, तर उनीहरूको वेतन प्यारा टीचर्सको रूपमा दिइनेछ। तीन महिनाभित्र राज्य सरकारले उनीहरूको स्थानमा नयाँ नियुक्त गरी यी पदहरूलाई भर्नुपर्नेछ।

अप्रशिक्षित १४० उम्मेदवारले हाईकोर्टमा याचिका लगाएका थिए। उनीहरूले भनेका थिए, हालमा कलकत्ता हाईकोर्टको आदेशमा प्राथमिक शिक्षकहरूको नियुक्तिको प्यानल प्रकाशित गरिएको थियो। यसमा थाहा लाग्यो, जसलाई शिक्षकको रूपमा नियुक्त गरिएको छ, उनीहरूको नम्बर याचिकाकर्ताहरूको तुलनामा धेरै कम छ। अनेक अप्रशिक्षित उम्मेदवारहरूलाई सिफारिशको आधारमा नौकरी दिइएको थियो। त्यसपछि नै न्यायाधीशले प्यानललाई नै ऱद्द गर्ने आदेश दिएका छन्। उनले पहिले नै भनेका थिए, २०१६ मा नियुक्त भएका प्राथमिक शिक्षकहरूको पूरा प्यानल भ्रष्टाचारयुक्त छ। यसैले पूरा नियुक्ति रद्द गरिनेछ। उस्तै किसिमको आदेश उनले शुक्रवार दिएका छन्।

-हिस

About Author

Advertisement