हल्दीबारीमा बिहिपको समिति बिस्तार

IMG-20240518-WA0072.jpg

भद्रपुर: ग्रामीण क्षेत्रमा हिन्दू एकता र हिन्दू जागरण अभियान संचालन गर्ने उदेश्यले बिश्व हिन्दू परिषद नेपाल अन्तर्गत हल्दीबारी गाउ समिति वड़ा नम्बर चार स्तरीय भेलाले योगेश सुबेदिको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ। नव गठित समितिको उपाध्यक्षमा धन कुमार गुरुंग, सचिबमा शर्मीला लामिछाने, कोषाध्यक्षमा बाबूलाल राजबशी चयन भएका छन। त्यसै गरी सदस्यमा रेणु शाह, पवन ख़ातिवड़ा, भूप राज भट्टराई, अम्बिका पौड़ैल, कला अधिकारी छनौट भएका छन।
बिश्व हिन्दू परिषद नेपाल कोशी प्रदेश प्रमुख सीता देवी ढुङगेलको मुख्य उपस्थितिमा भएको सो भेलामा परिषद प्रदेश प्रमुख ढुङगेल, स्थानीय हिन्दू अभियन्ता शर्मीला लामीछाने, धन कुमार गुरुंग लगायतका बक्ताले हिन्दू समुदाय माथि भईरहेको धर्मान्तरणको घटना बढि मात्रामा ग्रामीण क्षेत्र प्रभाबित भएको कारण हिन्दू धर्म सस्कृति र सिंगो समाजलाई संरक्षण गर्नु हिन्दू जागरण अभियान आबश्यक रहेको प्रति जोड़ दिएको परिषद झापाका उपाध्यक्ष देवेन्द्र किशोर ढुङगानाले जानकारी गराए।

About Author

Advertisement