हर घर जल परियोजनाको कार्यमा समस्या समाधानको अघि आए खरसाङको अप्पर सिरुबारीका चारवटा समाजहरू

IMG-20240624-WA0014.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एक अन्तर्गत अप्पर सिरुबारीमा रहेको चारवटा समाजका मानिसहरूले जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको कार्यमा समाजले देखाएको पानीको स्रोत अनुसार काम नभएको गुनासो रहेको छ। यस विषयमा हिजो अप्पर सिरुबारीको चारवटा समाजका प्रतिनिधिहरूलाई लिएर सभा बसेर अप्पर सिरुबारीको लागि हर घर जल योजनाको काम गरिरहेका कम्पनीको प्रतिनिधिहरूलाई जानकारी गराएपछि कम्पनीले आज खरसाङको गिध्द पहाड़स्थित एक घरमा कम्पनीले अस्थायी रूपमा बनाएको कार्यालयमा दिउँसो १ बजे बातचीत गर्नलाई बोलाएको तर अप्पर सिरूबारीको चारैवटा समाजका प्रतिनिधिहरू आएर उपस्थित भए पनि कम्पनीको पक्षमा कोही पनि उपस्थित भएनन्। पञ्चायत हुन अघि नै यस क्षेत्रको लागि भनेर खरसाङको गौरी शंकर चियाबारीमा जीटीए प्रमुख अनित थापाको बाहुलीबाट जल जीवन मिशन अन्तर्गत हर घर जल परियोजनाको शिलान्यास गरिएको र अहिलेसम्म पानी नपाएको साथै चारैवटा समाजका मानिसहरूले अहिले पानी किनेर खानु पर्ने अवस्था रहेको बताएका छन्। अर्कोतिर अप्पर सिरुबारीको चारवटा समाजका प्रतिनिधिहरूले कम्पनीको मांग अनुसार पानीको स्रोत देखाई दिएको जुन सफा र पिउने योग्यको रहेको भए पनि कम्पनीले अरूले देखाएर अर्कै स्रोतमा काम गरिरहेको जुन स्रोतबाट आएको पानी पिउन नसकिने भएकोले चारैवटा समाजका प्रतिनिधिहरूले यसको विरोध जनाएको जानकारी प्राप्त भएको छ। यसको विरोध गर्दै सभा राखेर विभिन्न प्रस्तावहरू पारित गरेर कम्पनीलाई, सम्बन्धित विभाग, खरसाङ खण्ड विकास अधिकारी, जीटीए प्रमुख अनित थापालाई पनि ज्ञापन दिइएको बताइएको छ। आज कम्पनीको प्रतिनिधिले कार्यालयमा कुरा गर्न बोलाए पनि चारैवटा समाजका मानिसहरू आए पनि कम्पनीबाट कोही नआएको जानकारी प्राप्त भएको छ। अप्पर सिरूबारीको चारवटा समाजका प्रतिनिधिहरू हर घर जल परियोजनाको गिध्द पहाड़मा रहेको अस्थायी कार्यालयमा अघि पुगेर भेला भएका थिए। तर कम्पनीको कोही पनि प्रतिनिधिहरू कार्यालयमा नभएको गुनासो मानिसहरूको रहेको छ। आज अप्पर सिरुबारीको चारवटा समाजहरू क्रमैले समाज सेवा समितिको सभापति विष्णु परियार, सचिव राजकुमार सिंह, तामाङ समाजको सभापति डीके गुरूङ। सचिव दीपंकर गुरूङ, ग्राम सुधार समितिको सभापति शिला राई, सचिव पूर्णिमा छेत्री, अग्रिम वेलफेयर सोसाइटीको सभापति मनोज राई र सचिव राजकुमार सिंह लगायत चारैवटा समाजका सदस्यहरू उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अप्पर सिरुबारी तामाङ समाजको सचिव दिपंकर गुरुङले अप्पर सिरूबारीको चारैवटा समाजका प्रतिनिधिहरूले मिलेर सभा बसेर पानीको समस्याको लागि अघि आएका छौं। यसमा कुनै राजनीतिक रुपमा होइन तर समाजको कुरा लिएर अघि आएका हौं कारण अहिले चारैवटा समाजमा पानीको सबैभन्दा ठूलो समस्या सिर्जना भएको छ भनी बताएका छन्। उनले यस विषयमा सभा गरेर नै सबैलाई पत्रतार गरेको हो र हाम्रो सभामा पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरू र पञ्चायत समितिको सदस्यहरू साथै कम्पनीको कोही आएनन् र आज बोलाइएको थियो र हामी यहाँ आएका छौं तर यहाँ कम्पनीको कोही आएनन् र अब यसको लागि हामी फेरि सभा गरेर अघि निर्णय लिनेछौं भनी बताएका छन्। गुरुङले हाम्रो समस्या समाधानको लागि जीटीए प्रमुख अनित थापा समक्ष पनि जानेछौं भनी बताएका छन्। दिपंकर गुरुङले चारवटै समाजलाई प्रतिनिधित्व गर्दै अप्पर सिरुबारीमा जल जीवन मिशन अन्तर्गत हर घर जल परियोजनाको कार्य बिनायक कन्सट्रक्शनले गरिरहेको र शुरुमा कम्पनीले चारवटै समाजलाई पानीको सोर्स खोज्ने भनेपछि खोजिदिएको तर अहिले समाजले देखाएको सोर्सबाट नभएर अर्कै सोर्सबाट काम गरिरहेकोले सबैजना अघि आएके बताएका छन्। त्यसरी नै स्थानीय दिपेन मोक्तानले हामी यहाँ कुनै राजनैतिक पार्टीको रूपमा नआएर सामाजिक रूपमा अघि आएको र यस समस्या समाधान गर्नलाई जीटीए प्रमुख अनित थापालाई भेटेर ज्ञापन पत्र बुझाउने अनि यस कुरालाई कसैले पनि राजनैतिक रूप नदिने अपिल गरेका छन्।

About Author

Advertisement