कोलकाता: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद एवं भाजपा प्रार्थी हर्षवर्धन श्रृंगलाले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नविनलाई पश्चिम बंगालका भाजपा सांसदहरूसँगको बैठकमा व्यक्तिगत रूपमा बधाई ज्ञापन गरे।
यस प्रसंगमा सामाजिक संजाल मार्फत श्री श्रृंगलाले नीतिन नविन भाजपा राष्ट्रिय अध्यक्षको रुपमा नियुक्ति हुनु साधारण कार्यकर्ताहरुको निम्ति सुखद क्षण रहेको व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नविनको कार्य कुशलताले राष्ट्र निर्माणमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे। श्री श्रृंगलाले अन्तमा नीतिन नविनलाई उनको राष्ट्रप्रति अमेट योगदान रहोस् भनि कामना गरे साथै राष्ट्रिय अध्यक्षको रुपमा नियुक्ति भएकोमा फेरि एकपल्ट अन्तरहृदयबाट मुरी मुरी बधाई टक्राए।









