हर्ली मेमोरियल कपः भाह तकभर एफसी र सेण्ट जोसेफ्स कलेज प्री-क्वार्टर फाइनलमा

photocollage_202483234244266

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा भाह तकभर एफसी र सेण्ट जोसेफ्स कलेजले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको पहिलो म्याचमा भाह तकभर फूटबल क्लबले हर्सिंग फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले ६५औं र छितेन तामाङले ६९औं मिनटमा गोल गरे। यसरी हर्सिंग एफसी-बाट प्रसिद्धले १८औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा सेण्ट जोसेफ्स कलेजले संकटा फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा संकटा एफसी-बाट उज्वल राईले ५०औं र निश्चल कार्कीढोलीले ७६औं मिनटमा गोल गरे। आइतवार पनि दुईवटा म्याच खेलिनेछ। दिउँसो १२ बजीदेखि शुरु हुने म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड रंगबूल फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच दिउँसो २ बजीदेखि दार्जीलिङ डायनामो र सासोनिअन, कालेबुङबीच खेलिनेछ। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

Advertisement