हर्ली कपः २/११ जीआर र सासोनियन एफसी क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_2025881620889

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करणमा बिहीवार २ वटा प्री क्वार्टर फाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा खेलिएको पहिलो म्याचमा २/११ जीआर ले शेयर फूटबल क्लबविरुद्ध ४–२–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिमल थापाले २ गोल गरे। यसबाहेक साकुल राई र नोगेनले १–१ गोल गरे। यसरी कालेबुङको शेयर एफसीको तर्फबाट प्रज्वल छेत्री र थोमस सुब्बाले १–१ गोल गरे। दोस्रो म्याचमा सासोनियन एफसी -ले सेण्ट जोसेफ्स कलेजविरुद्ध १–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल छो छो लेप्चाले गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ अगस्तमा हुनेछ।

About Author

Advertisement