हन्टिङ फेस्टिवल रोक्नका लागि वन विभागले शुरू गऱ्यो जागरूकता अभियान

अलिपुरद्वारः होलीअघि वन बस्ती क्षेत्रमा हुने हन्टिङ फेस्टिवललाई रोक्न वन विभागले शऩिवारदेखि जागरूकता अभियान शुरू गरेको छ। वन विभागको तर्फबाट जंगलसित लागेको वन बस्तीहरू र टी गार्डन क्षेत्रमा पेट्रोलिङ र लिफलेटको वितरण शुरू गरिएको छ।

वन विभागको हेमिल्टनगঞ্ज रेञ्जका रेञ्जर अঙ্कुर नन्दीले भने, होलीअघि केही समुदाय हन्टिङ फेस्टिवल मनाउछन्। यस अवधिमा जंगली जनावरहरू र पक्षीहरूको शिकार गरिन्छ जबकि यो दण्डनीय अपराध हो। यसबाट मानिसहरूलाई जागरूक गर्नका लागि आजदेखि कालचिनी प्रखण्डको वन बस्ती र टी गार्डन क्षेत्रमा पेट्रोलिङ शुरू गरिएको छ।

About Author

Advertisement