हनुमान जयन्तीको उपलक्ष्यमा रङ्गारङ्ग शोभायात्रा

IMG-20230406-WA0201.jpg

कुचबिहार: आज हनुमान जयन्ती हो।हनुमान जयन्तीको अवसरमा महेश्वरी सेवा समितिको तर्फबाट कुचबिहारमा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। आज महेश्वरी मन्दिर अघिबाट एउटा शोभायात्रा निकालेर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः महेश्वरी मन्दिरमा पुगेर समापन गरियो। उक्त शोभायात्रामा धेरै संख्यामा मानिसहरू उपस्थित थिए।

उक्त शोभायात्रालाई केन्द्र गरेर पुलिसको तर्फबाट सुरक्षाको व्यवस्था गरिएको थियो। शोभायात्रापछि महेश्वरी मन्दिरमा विशेष पुजाआजा गरियो।

About Author

Advertisement