हनुमान जयन्तीको अवसरमा हनुमान टोकमा पूजाअर्चना, मुख्यमन्त्री र राज्यपालद्वारा आशीर्वाद ग्रहण

FB_IMG_1775156348036

गान्तोक: हनुमान जयन्तीको पावन अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तमाङले राज्यपाल ओमप्रकाश माथुरसँगै हनुमान टोकमा पुगेर भगवान हनुमानको पूजा–अर्चना गरेका छन्। यस अवसरमा उनीहरूले सम्पूर्ण सिक्किमवासीहरूको तर्फबाट आशीर्वाद ग्रहण गरेका हुन्।
शान्त र आध्यात्मिक वातावरणमा सम्पन्न उक्त पूजाअर्चनाका क्रममा मुख्यमन्त्री तमाङले प्रत्येक चुनौतीलाई साहसका साथ सामना गर्ने शक्ति, धर्मको मार्गमा अघि बढ्ने बुद्धि तथा विनम्रता र समर्पणका साथ सेवा गर्ने प्रेरणाका लागि प्रार्थना गरिएको जानकारी दिए।
मुख्यमन्त्रीले भगवान हनुमानको प्रेरणाले सबैलाई कठिनाइमाथि विजय प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राज्यमा दीर्घकालीन शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिको कामना गरेका छन्।

About Author

Advertisement