बिराटनगर: बाराको रामराजा क्याम्पसका प्रमुख हरि भुषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजाना सहित थप एक जनालाई बारा प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं ५ पथरा बस्ने ४२ वर्षिय हरिन्दर महरा चमार रहेका छन्। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमा एक राउण्ड गोली र उक्त पेस्तोलमा लाग्ने म्याग्निज एउटा बरामद गरेको छ। कुशवाहाको हत्या गत जुन १४ मा भएको थियो।
उक्त घटनामा नै संलग्न रहेका ७ जनालाई पक्राउ गरी यसअघि नै प्रहरीले सार्वजनिक गरेको थियो।









