हजारीबागका ३८ कैदीलाई सजायबाट छूट दिने याचिकामा हाईकोर्टले राज्य सरकारबाट जवाफ माग्यो

nat-1

राँचीः झारखण्ड हाईकोर्टका चीफ जस्टिस सञ्जयकुमार मिश्रको अध्यक्षता रहेको खण्डपीठमा हजारीबागका ३८ कैदीलाई सजायदेखि छूट दिने आग्रहमा शुक्रवार सुनवाई भयो। खण्डपीठले राज्य सरकारलाई यी कैदीहरूको सजायबाट छूट मामिलामा के विचार गरेको छ, त्यो स्पष्ट गर्न लगाएको छ। यस सम्बन्धमा शपत पत्र दर्ता गरी आगामी सुनवाईमा अवगत गराउनलाई आदेश दिइएको छ। कोर्टले मामिलामा अधिवक्ता एके दासलाई एमिकस क्यूरी नियुक्त गरेको छ।

हजारीबागका ३८ कैदीले चिट्ठी लेखेर चीफ जस्टिससित उनीहरूलाई समय अगावै छोड्न राज्य सरकारले रिभ्यू गर्ने र रेमिशन बोर्डको बैठकमा उनीहरूको मामिला राखिने, उनीहरूलाई राम्रो आचरणको निम्ति समयपूर्व सजायबाट मुक्त गरिने आग्रह गरेका थिए। यस विषयमा कोर्टले स्वतः संज्ञान लिँदै यसलाई जनहित याचिकामा परिणत गरेको थियो।

-हिस

About Author

Advertisement