नयाँ दिल्ली: राउरकेलाको बिरसा मुण्डा अन्तर्राष्ट्रिय हकी स्टेडियममा १० देखि १५ फरवरीसम्म हुने एफआईएच प्रो लीगको पहिलो चरणको निम्ति हकी इण्डियाले २४ सदस्यीय भारतीय पुरुष टीमको घोषणा गऱ्यो। हकी इण्डियाले गत महिना ३३ सम्भावित खेलाड़ीहरूका सूची जारी गरेको थियो, जसलाई अहिले छाँटेर २४ गरिएको छ। प्रो लीगको यस चरणमा भारतको साथमा बेल्जियम र अर्जेण्टिनाले हिस्सा लिनेछ। भारतीय टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टनले भने, टीममा युवा अनि अनुभवी खेलाड़ीहरूका असल मिश्रण छ। हामीसँग रोशन कुजूर र मनमीत सिंह जस्ता युवा खेलाड़ीहरूका साथमा सीनियर खेलाड़ीहरू रहेका छन्। यसैकारण हामी असल नतीजाको खोजमा मैदानमा ओर्लिनेछौं। राउरकेला चरणपछि भारत अष्ट्रेलिया यात्रामा जानेछ, जहाँ २४ फरवरीमा स्पेन र २५ फरवरीमा अष्ट्रेलियाविरुद्ध म्याच रहेको छ।
भारतीय पुरुष हकी टीम यसप्रकार रहेको छः
गोलकीपरः सूरज करकेरा, पवन। डिफेण्डरः अमित रोहिदास, जरमनप्रीत सिंह, जुगराज सिंह, हरमनप्रीत सिंह, सुमित, सञ्जय, नीलम सञ्जीप सेस, अमनदीप लाकड़ा। मीडफिल्डरः राजिन्दर सिंह, मनमीत सिंह, विवेक सागर प्रसाद, हार्दिक सिंह, एम रबिचन्द्र सिंह, नीलकान्ता शर्मा, रोशन कुजूर। फरवर्डः अभिषेक, सुखजीत सिंह, शिलानन्द लाकड़ा, सेल्वम कार्ति, मनदीप सिंह, अराइजीत सिंह हुण्डल, आदित्य अर्जुन लालागे।









