गोरुबथान (महेश्वर प्रधान): स्वर्गीय बी.बी. प्रधानको स्मृतिमा आयोजना हुने खुला लात्ते भकुण्डो प्रतियोगिता आगामी २ फेब्रुअरी २०२६ देखि गोरुबथान क्षेत्रअन्तर्गत अप्पर प्रधान गाउँस्थित स्व. दलबहादुर प्रधान खेल मैदानमा सुरु हुने भएको छ।
अप्पर प्रधान गाउँका युवाहरूको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता टोलीलाई ६० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन्।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीहरूले २४ जनवरीभित्र सञ्चालन समितिसँग प्रत्यक्ष भेटेर वा फोनमार्फत नाम दर्ता गराउनुपर्नेछ। नाम दर्तासम्बन्धी जानकारी श्री कपिल प्रधानले दिएका हुन्।
यसै गाउँका स्थायी बासिन्दा तथा हाल उत्तर बंगालकै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक मानिने बिरेन प्रधानको योगदानलाई समेत स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकहरूको भनाइ छ।
टोली दर्ता तथा थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछः
मिलन प्रधान: ७३१९०५२१४९
रुबेन प्रधान: ८३९१०२६६३२
कपिल प्रधान: ९५९३८४७४१४
स्थानीय खेलकुद प्रवर्द्धन र युवालाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले गोरुबथान क्षेत्रको खेलकुद गतिविधिमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।







