“स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” लीलबहादुर छेत्रीलाई प्रदान गरिने

photocollage_202285183643793.jpg

सिलगढी: “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” नेपाली साहित्यका प्रतिष्ठित साहित्यकार लीलबहादुर छेत्रीलाई प्रदान गरिने भएको छ। साहित्य अकादमी अवार्ड, जगदम्भा श्री पुरस्कार अनि पद्मश्री आदि उच्च सम्मान पुरस्कार लगायत थुप्रै अन्तर्राष्ट्रिय सम्मानले सम्मानित भइसकेका नेपाली साहित्यका प्रतिष्ठित लेखक साहित्यकार लीलबहादुर छेत्रीलाई यस पटक ग्लोबल भुटानी साहित्य सङ्गठन (अमेरिका) ले “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” प्रदान गरिने भएको छ। उक्त पुरस्कारमा भारतीय रुपियाँ ३ लाख ७५ हजारको साथमा सम्मान पत्र तथा अन्य सामग्रीहरू रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement