स्वास्नीको हत्याको आरोपमा लोग्ने पक्राउ

IMG-20241015-WA0044

गान्तोक: स्वास्नीको हत्या गरेको आरोपमा सदर पुलिसले सेलेप ट्याङ्की क्षेत्र निवासी ३५ वर्षीय प्रितम तामाङलाई पक्राउ गरेको छ। आरोपीविरूद्ध स्वास्नीसित घरेलु हिंसा गरेको जसको कारण ३० वर्षीय डम्बरी छेत्रीको मृत्यु भएको आरोप छ। पुलिसले आरोपी विरुद्ध बीएनएसएस-को धारा १०३(१)अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्वाही गरिरहेको छ।
घट्नाक्रमअनुसार गत 11 अक्टोबरको दिन सेलेप ट्याङ्की क्षेत्रमा आफ्नो घर नजिक डम्बरी छेत्रीको शव फेला परेको थियो। शुरुमा पुलिसले अप्राकृतिक मृत्युको मामिलाअन्तर्गत मुद्दा दर्ता गरेको थियो। तर, पछि शवको पोस्टमर्टम रिपोर्ट अनि छिमेकीहरूको बयानले पुलिसको जाँचलाई नयाँ दिशातिर लम्कायो। पोस्टमर्टम रिपोर्टमा महिलाको जननअङ्ग र सानो आन्द्रामा गम्भीर चोटहरू भेटिएको छ। अर्कोतिर, छिमेकीहरूको बयानअनुसार लोग्ने-स्वास्नीबीच प्रायः झगड़ा हुनेगर्थ्यो अनि प्रितम तामाङले मातेर स्वास्नीलाई कुट्ने गर्थ्यो। ती घरेलु हिंसा र कुटपिटको कारण नै डम्बरीको छेत्रीको मृत्यु भएको हुनसक्ने पुलिसको प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ।
यी तथ्य र परिस्थितिहरूलाई ध्यानमा राखेर पुलिसले स्वास्नीको हत्याको आरोपमा लोग्ने प्रितम तामाङलाई पक्राउ गरेको हो।

About Author

Advertisement