स्वास्थ्य मन्त्री लेप्चाले गरे मल्ली प्राथमिक स्वास्थ्य केन्द्रको छड्के भ्रमण

IMG-20230822-WA0299.jpg

नाम्चीः सिक्किम सरकारको स्वास्थ्य विभाग मन्त्रीका रूपमा अतिरिक्त पदभार ग्रहण गरेपछि आज मन्त्री कुङ्गा निमा लेप्चाले दक्षिण जिल्लाको मल्ली प्राथमिक स्वास्थ्य केन्द्रको छड्के भ्रमण गरे। भ्रमण अवधि मन्त्री लेप्चाले स्वास्थ्य केन्द्रका चिकित्सक लगायत सहकर्मीहरूसँग भेटघाट गरी उक्त केन्द्रको बारेमा जानकारी लिए।

स्वास्थ्य केन्द्रको स्थिति साथै अवस्थाबारे पनि बुझ्दै कुनै प्रकारको समस्या भए सरकारले यसको तुरुन्तै समाधान गर्ने आश्वासन दिए। उनले यहाँका कर्मचारीहरूको दैनिक हाजिरी दर्ताको पनि जाँच गर्दै बिरामीहरूको उत्कृष्ट स्वास्थ्य उपचारका लागि कुनै कसर बाँकी नराख्ने चिकित्सक लगायत कर्मचारीहरूलाई आग्रह गरे।

About Author

Advertisement