स्वाधीनता दिवसको उपलक्ष्यमा बाघडुग्रामा म्याराथान दौड प्रतियोगिताको आयोजना

Capture8-2.png

बाघडुग्रा: स्वाधीनता दिवसको उपलक्ष्यमा बाघडुग्रामा म्याराथान दौड प्रतियोगिताको आयोजना गरियो। बाघडुग्रामा यङ मेन्स स्पोटिङ एसोसिएशनको तर्फबाट आज म्याराथन दौडको आयोजना गरिएको छ। आज बिहान मतिगढाको खप्रेल मोडबाट म्याराथान दौड शुरू गरेर बाघडुग्रा बिहार मोडमा पुगेर समापन गरियो। उक्त म्याराथान दौड प्रतियोगितामा मुख्य अतिथिको रूपमा दिव्याङ्ग भारतीय क्रिकेट टीमका सदस्य अब्दुल खालेक उपस्थित थिए। उक्त दौड प्रतियोगितामा विजयी बनेका धावकहरूलाई पुरस्कृत गरियो।

About Author

Advertisement