गोरुबथान: जिटिए चुनाव अहिलेको तातो विषय रहेको छ। विभिन्न पार्टीहरूले आ-आफ्नो प्रार्थी दिने क्रम जारी छ भने यसपल्ट स्वतन्त्र उम्मेद्वारको रूपमा खडा हुने प्रार्थीहरू पनि छन्। आज माल बस्तीमा एउटा हलमा सम्पन्न सभामा गोरुबथान क्षेत्रबाट राज लामा स्वतन्त्र उम्मेद्वारको रूपमा खडा हुने घोषणा गरेको छ। यस सभाको सभापतित्व आशबहादुर सुब्बाले गरेका थिए भने हेमकुमार राई, दिनेस तामाङ, प्रकास राई, सचिन भूजेल, बिनोद मोक्तान, जीवन लेप्चा, रोमन गुरुङ बिकास भूजेल आदिको उपस्थिति रहेको थियो। आगामी २ जुनको दिन नामाङ्कन पत्र भर्ने पनि तिनले थप जनाएका छन्।










