स्वतन्त्रता सेनानी खुदिराम बोसको पुण्यतिथि सिलगढी नगरनिगमद्वारा पालन

05238e87-a3fb-47b5-a4f3-f3843b43d5a5

सिलगढी: सिलगढी नगरनिगमद्वारा स्वतन्त्रता सेनानी खुदिराम बोसको पुण्यतिथि मनाइयो। शुक्रबार नगरनिगमका तर्फबाट अध्यक्ष प्रतुल चक्रवर्ती, मेयर काउन्सिल दिलीप बर्मन, शोभा सुब्बा र अन्यले सिलगढीको मल्लगढीमा रहेको खुदिराम बोसको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे। केवल १८ वर्षको उमेरमा स्वतन्त्रता सेनानीको हैसियतमा खुदिराम बोसले हाँस्दै फाँसी स्वीकार गरे। महान क्रान्तिकारीलाई ११ अगस्ट १९०८ मा मुजफ्फरपुर षडयन्त्र मामिलामा फाँसी दिइएको थियो, जब उहाँ १८ वर्षको हुनुहुन्थ्यो। सानै उमेरमा त्याग्नु पर्ने आत्मा शरीरमा मरेको होला तर हरेक भारतीयको हृदयमा अमर छ। आज सिलगढी नगर निगमले ती महान क्रान्तिकारीको आत्म बलिदान दिवसलाई सम्मानका साथ मनाएको छ।

About Author

Advertisement