सिलगढी: स्वतन्त्रता दिवसमा नुहाउने क्रममा एक रेल कर्मचारीको डुबेर मृत्यु भएको छ। सिलगढीको वार्ड नम्बर ३६ निवासी शुभंकर दास (३७) हिजो एक साथी र आफन्तसँग राजगञ्जको अम्बाडी ब्यारेजमा नुहाउन गएका थिए। त्यहाँ नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको थियो। खबर पाएलगत्तै परिवारका सदस्यहरू रोएर दयनीय अवस्थामा छन्। बुधबार पोष्टमार्टमपछि शव घर ल्याइने छ। तर परिवारका सदस्यले घटनाको पछाडि केही रहस्य रहेको आशंका गरेका छन्। मृतक शुभंकर दास सिलगढीको एनजेपी रेलवे स्टेसनमा यार्ड मास्टरको रूपमा काम गरिरहेका थिए। उनकी श्रीमतीको केही वर्षअघि मृत्यु भएको थियो।









