नयाँ दिल्ली: आईपीएल इतिहासको चर्चित `स्ल्यापगेट’ विवाद एकपल्ट फेरि चर्चामा रहेको छ। पूर्व भारतीय क्रिकेटर एस श्रीसन्त र हरभजन सिंहबीच सम्बन्धहरूमा तिक्तता फेरि खुलेर अघि आएको छ। एक समय यस विवादलाई भुलेर अघि बढ़िससकेका दुईजना खेलाड़ी अहिले फेरि एकार्काको अघि रहेका छन्। श्रीसन्तले गम्भीर आरोप लगाउँदै हरभजनले स्ल्यापगेट विवादमाथि आधारित एउटा विज्ञापनबाट मोटो कमाई गरेको आरोप लगाएका छन्। उनले मलायलम न्यूज आउटलेट मातृभूमिमा भने, मैले भज्जी (हरभजन)-बारे अहिलेसम्म कुनै पनि इण्टरभ्यूमा कुरा गरेको थिइनँ तर आज पहिलोपल्ट बोलिरहेको छु। उनले स्ल्यापगेट-माथि एउटा विज्ञापन बनाए अनि लगभग ८० लाख रुपियाँ कमाई गरे। उनले मलाई कल गरेर त्यसलाई आफ्नो इन्स्टाग्राममा शेयर गर्नु भने तर मैले सरासरी अस्वीकार गरे। श्रीसन्तले बताएअनुसार, २००८-मा भएको घटनालाई लिएर उनले हरभजनलाई माफ गरे पनि त्यसलाई भुलेका चाहिँ छैनन्। उनले भने, म माफ गर्न सक्छु तर कहिले भुल्ने छुइनँ। तपाईंले भुल्नु भयो भने त्यस व्यक्तिले फेरि पुरानो गल्ती दोहोऱ्याउनेछ। पूर्व पेस बलरले यसको साथमा उनी अनि हरभजनबीच कुनै सम्बन्ध नरहेको पनि खुलासा गरे। उनले भने, अहिले मेरो त्यस व्यक्तिसँग कुनै सम्बन्ध छैन। म उनलाई दाजु मान्थे तर गत २-३ महिनाको घटनाक्रमपछि मैले उनलाई इन्स्टाग्राममा पनि ब्लक गरेको छु। उल्लेखनीय छ, २००८-को आईपीएल सीजनमा मुम्बई इण्डियन्सबाट खेलिरहेका हरभजन सिंहले किंग्स इलेभेन पञ्जाबका खेलाड़ी श्रीसन्तलाई थप्पड़ हिर्काएका थिए। त्यस घटनालाई आईपीएलको सबैभन्दा ठूलो विवादहरूमा एक मानिन्छ अनि हरभजनमाथि प्रतिबन्ध पनि लगाइएको थियो। यस नयाँ विवादले पुरानो घाउ अहिले पनि आलै रहेको स्पष्ट गरेको छ। दुईजना खेलाड़ीले समयको साथ अघि बढ़ने प्रयास गरे पनि हालका घटनाक्रमले सम्बन्धमा फाटो ल्याएको छ।










