सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिक्किमको सञ्जु फूटबल एकाडमी (नाम्ची)-ले सेमिफाइनलमा स्थान बनायो। आइतवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा सञ्जु फूटबल एकाडमीले आमुक्त परिवारलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सेमुएल गुरुङले गरे। विजेता टीमका नारायण छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।










