स्पेनिश ला लीगाः रियल सोसिएदादविरुद्ध एट्लेटिको म्याड्रि़डको एकतर्फी जीत

IMG-20250511-WA0140

म्याड्रिड: एट्लेटिको म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा असाधारण प्रदर्शन गर्दै एकतर्फी जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडले रियल सोसिएदादविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडले म्याचको जम्मै गोल पहिलो आधा घण्टाको खेलमा एकैजना खेलाड़ीको पराक्रमले हासिल गऱ्यो। एट्लेटिको म्याड्रिडबाट सेण्टर फरवर्ड खेलाड़ी एलेक्जेण्डर सरलोथले आधा घण्टामै विपक्षी टीमको चुनौतीलाई समाप्त गरे। उनले म्याचमा ह्याट्रिकसहित ४ गोल गरे। सरलोथले सातौं, १०औं, ११औं र ३०औं मिनटमा गोल गरे। उनले म्याचमा पाँचौं गोल गर्ने मौका पनि पाएका थिए तर दोस्रो हाफको शुरुवातमा उनले प्रहार बारमा लागेर फर्कियो। यस जीतको साथ एट्लेटिको म्याड्रिड ३५ वटा म्याचमा ७० पोइण्ट्सको साथ ला लीगा टेबलको तेस्रो स्थानमा कायम रह्यो। यसरी रियल सोसिएदाद ४३ पोइण्ट्सको साथ १२औं स्थानमा रहेको छ।
भिल्लारियलले जिरोनाविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा विजेता टीमबाट एकमात्र गोल कार्ल एट्टा एयोंगले ८९औं मिनटमा छिराए। भिल्लारियल ६१ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा रहेको छ। सेल्टा विगोले सेविलेविरुद्ध
३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मार्कोस अलोन्सोलाई मध्यान्तरको ठीक अघि रेड कार्ड देखाएपछि १० जना खेलाड़ीमा सीमित हुने सेल्टा विगोले अन्तसम्म लड़ाइँ गरेर म्याच जित्यो। यस जीतपछि टीम ४९ पोइण्ट्सको साथ सातौं स्थानमा रहन पुग्यो। अन्य म्याचहरूमा रायो भाल्लेकानोले लास पाल्मसलाई १-०-ले अनि मालोर्काले भाल्लाडोलिडलाई २-१-ले पराजित गऱ्यो।

About Author

Advertisement