स्पेनिश ला लीगाः बार्सिलोनाको अप्रत्याशित हार, एट्लेटिको म्याड्रिड विजयी

IMG-20260119-WA0071

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा वर्तमान च्याम्पियन बार्सिलोनाले अप्रत्याशित हारको सामना गर्नु पऱ्यो जबकि एट्लेटिको म्याड्रिड चाहिँ आफ्नो म्याच जित्न सफल भयो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले रियल सोसिएदादविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। यस हारको साथ बार्सिलोनाको गत ११ वटा म्याचदेखि जारी विजयाभियानमा पनि ब्रेक लाग्यो। आफ्नो होम ग्राउण्डमा खेल्दै रियल सोसिएदादले मिकेल ओयारजाबालको ३२औं मिनटको गोलको सहायताले शुरुवाती बढ़त हासिल गऱ्यो। मध्यान्तरसम्म होम टीम १-०-ले अघि रहेको थियो। दोस्रो हाफको खेलमा चाहििँ मार्कस रासफोर्डले ७०औं मिनटमा गोल गरी बार्सिलोनालाई १-१-को बराबरीमा पुऱ्याए। रियल सोसिएदादले पनि लगत्तै १ मिनटपछि अझ एक गोल गरी म्याचमा फेरि बढ़त हासिल गऱ्यो। होम टीमबाट दोस्रो गोल गोन्सालो गुएडिसले गरे। म्याचको ८८औं मिनटमा घातक ट्याकलको निम्ति रियल सोसिएदादका कार्लोस सोलेरलाई रेड कार्ड देखाइयो। यस हारपछि पनि बार्सिलोना २० वटा म्याचमा ४९ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो तर दोस्रो स्थानमा रहने रियल म्याड्रिड अहिले केवल १ पोइण्ट पछि रहेको छ। यसरी रियल सोसिएदाद २४ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ अलावेसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ६० प्रतिशत बल पोजेशनको साथ खेल्ने विजेता टीमबाट एकमात्र गोल एलेक्जेण्डर सरलोथले ४८औं मिनटमा गरे। यस जीतको साथ एट्लेटिको म्याड्रिड ४१ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। ला लीगाको अन्य एउटा म्याचमा सेल्टा विगोले रायो भाल्लेकानोलाई ३-०-ले पराजित गऱ्यो।

About Author

Advertisement