स्पेनिश ला लीगाः एस्पानयोलविरुद्ध बार्सिलोनाको रोमाञ्चक जीत

IMG-20260104-WA0057

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन बार्सिलोनाले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको चरम रोमाञ्चक म्याचमा बार्सिलोनाले एस्पानयोललाई २-०-ले पराजित गऱ्यो। म्याचमा जीत हासिल गर्नको निम्ति बार्सिलोनाले लगभग अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। यस अवे म्याचमा बार्सिलोनाले जीतको निम्ति कठोर परिश्रम गर्नु पऱ्यो। अन्तमा २ जना सब्स्टीट्यूट खेलाड़ीले गोल गरी टीमलाई जीत दिलाए। यसमा डानी ओल्मोले ८६औं र रोबर्ट लेवाण्डोवस्कीले ९०औं मिनटमा गोल गरे। यस रोमाञ्चक जीतको साथ बार्सिलोना १९ वटा म्याचमा ४९ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो।। यसरी पाँचौं स्थानमा रहने एस्पानयोलसँग ३३ पोइण्ट्स रहेको छ। यसरी एथलेटिक क्लब र ओसासुनाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा रुबेन गार्सिया साण्टोसले ओसासुनालाई ३४औं मिनटमा बढ़त दिलाए पनि गोर्का गुरुजेटाले ७१औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। एथलेटिक क्लब २४ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। रायो भाल्लेकानो र गेटाफेबीचको म्याच १-१-ले ड्र रह्यो। यसरी सेल्टा विगोले भेलेन्सियालाई ४-१-ले अनि भिल्लारियलले एल्चेलाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement