स्पेनिश ला लीगाः रियल म्याड्रिडको रोमाञ्चक जीत

IMG-20250820-WA0062

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको नयाँ सीजनमा रियल म्याड्रिडले जीतको साथ शुरुवात गऱ्यो। मंगलवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले ओसासुनालाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने रियललाई म्याचको एकमात्र गोल हासिल गर्न निक्कै मेहनत गर्नु पऱ्यो। म्याचको पहिलो हाफ गोलरहित रह्यो। दोस्रो हाफको खेलमा चाहिँ रियल म्याड्रिडले बढ़त हासिल गऱ्यो। फ्रान्सीसी फरवर्ड कीलियन एम्बाप्पेले ५१औं मिनटमा पेनल्टीबाट गोल गरेर रियल म्याड्रिडलाई १-०-को बढ़त दिलाए। म्याचमा रियल म्याड्रिडले गोल गर्ने एकाधिक मौका गुमायो। ओसासुनाका डिफेण्डर अबेल ब्रेटोनेसलाई म्याचको अन्तिम समयमा रेड कार्ड देखाइयो। यस जीतको साथ रियल म्याड्रिड एउटा म्याचमा ३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा ला लीगा पोइण्ट्स टेबलको आठौं स्थानमा रहन पुग्यो। यसरी एल्चे र रियल बेटिसबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement