स्पेनिश ला लीगाः रियल म्याड्रिडले जिते पनि एट्लेटिको म्याड्रिडको हार

IMG-20260209-WA0050

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा रियल म्याड्रिडले आफ्नो जीतको क्रम जारी राख्यो जबकि एट्लेटिको म्याड्रिडले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले भेलेन्सियालाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमले दुवै गोल दोस्रो हाफको खेलमा हासिल गऱ्यो। डिफेण्डर अल्वारो कारेरासले ६५औं मिनटमा बढ़त दिलाएपछि कीलियन एम्बाप्पेले इञ्ज्युरी टाइमको पहिलो मिनटमा अझ एक गोल गरी रियल म्याड्रिडलाई जीत दिलाए। यस जीतको साथ रियल म्याड्रिड २३ वटा म्याचमा ५७ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा रह्यो। अहिले शीर्षमा कायम बार्सिलोनासँग रियलभन्दा केवल १ पोइण्ट अधिक रहेको छ। यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ रियल बेटिसविरुद्ध ०-१-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानोमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। यसरी रियल बेटिसको तर्फबाट म्याचको एकमात्र गोल एण्टोनीले २८औं मिनटमा गरे। एट्लेटिको म्याड्रिड २३ वटा म्याचमा ४५ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। यसरी पाँचौं स्थानमा रहने रियल बेटिससँग ३८ पोइण्ट्स रहेको छ। गेटाफेले अलावेसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो जबकि सेविले र जिरोनाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement