स्थानीय जैविक चीजबीजहरू र गोर्खा जातीय सांस्कृतिकलाई संरक्षण गर्ने उद्देश्यको साथमा तीनधारेमा गोर्खे हाट शुरु

IMG-20241117-WA0196

खरसाङ: स्थानीय सर सामानहरू, स्थानीय जैविक चीजबीजहरू र गोर्खा जातीय सांस्कृतिकलाई संरक्षण गर्ने उद्देश्यको साथमा आजदेखि तीनधारेमा गोर्खे हाट सञ्चालन शुरू भएको छ। तीनधारे गोर्खे हाट सञ्चालन समितिको आयोजनामा आजदेखि तीनधारेको चिल्ड्रेन पार्कमा गोर्खे हाट शुरु भएको छ। उक्त गोर्खे हाटको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा र क्षेत्रीय सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान पनि उपस्थित रहेका थिए। आजदेखि शुरु भएको उक्त गोर्खे हाटमा पहिलो दिन १५-२० वटा तीनधारे र वरिपरिका मानिसहरूले दोकानहरू राखेका थिए। गोर्खे हाट सञ्चालनको समय आयोजक समितिको पदाधिकारीहरू साथै विभिन्न दोकानहरू थापेर बसेका स्थानीयहरू गोर्खा जातीय पहिरनमा सजिएर दोकान थापेर बसेका थिए। गोर्खे हाटको समय मञ्च निर्माण गरेर सांगीतिक र सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रमलाई सन्तोष लामाले सञ्चालन गरेका थिए। यस अवसरमा स्थानीय युवा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन्। यसावधि गीत, नृत्य प्रस्तुत गरिएको थियो। यस गोर्खे हाटमा तीनधारे गोर्खे हाट सञ्चालन समितिको पदाधिकारीहरूले निरन्तर रुपमा दिनभरि खटिरहेका थिए भने विभिन्न दोकानहरूको निरीक्षण साथै मञ्चको कार्यक्रममा सक्रिय रूपमा कार्य गरिरहेका थिए। तीनधारेमा शुरु भएको गोर्खे हाटको पहिलो दिन स्थानीयहरूले खुशीसाथ खानेकुराहरू खानुको साथै किनबेच पनि गरेका छन्। हाटमा पहिलो दिन राखिएको दोकानहरूमा जातीय खेनाकुराहरू सेलरोटी, ढेडो आलुदम, लोकल कुराको सुभ, मोमो लगायत अन्य धेरै खाने कुराहरू र दुई नम्बर बस्तीबाट जैविक साग सब्जीहरू पनि बिक्रीमा राखिएको थियो। मानिसहरूले गोर्खे हाटमा किनबेच गर्नुको साथै सांगीतिक र सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए। यस अवसरमा अतिथिको रूपमा उपस्थित स्थानीय विशिष्ट व्यक्ति प्राध्यापक डा. अमीर दर्जीले वक्तव्य राख्दै गोर्खे हाट सञ्चालन समिति र स्थानीयहरूलाई बधाई दिएका छन्। उनले तीनधारेमा गोर्खे हाट सञ्चालन हुनु ऐतिहासिक झण हो भन्दै गोर्खे हाट चले ठूलो महत्व बोकेको छ र यसले गोर्खा सांस्कृतिक एकतालाई बुझाउँछ भनी बताएका छन्। डा अमीर दर्जीले तीनधारेमा सन् १९३० देखि १९४८ सम्म १८ वर्षसम्म हाट लाग्ने गरेको जानकारी रहेको र तीनधारेबाट सिपाहीधुरा सारिएको जानकारी रहेको पनि बताएका छन्। तीनधारेमा गोर्खे हाट सञ्चालन समितिको शुरु गरिएको गोर्खे हाट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे गोर्खे हाट सञ्चालन समितिको तर्फबाट सन्तोष लामाले तीनधारेमा शुरु गरिएको गोर्खे हाटको पहिलो दिन आयोजक समितिले आशा गरेको भन्दा बेसी मानिसहरू उपस्थित रहेको साथै हाटमा धेरै राम्रो प्रकारले सर सामानहरू किनबेच भएको र हामी सबैजना खुशी रहेको बताएका छन्। उनले पहिलो दिन १५-२० वटा दोकानहरू रहेको र अब आगामी हप्ताह अझ दोकानहरू थपिने किनभने आयोजक समिति समक्ष लगातार रूपमा फोन आईरहेको र फारम पनि लगिरहेको जानकारी गराएका छन्।

लामाले पहिलो दिन तीनधारे र वरिपरिका मानिसहरू उत्साहसहित भएर सर सामानहरू किनबेच गरेको र तीनधारेमा गोर्खे हाट सञ्चालन सफल हुने देखिएको र स्थानीयहरूले धेरै सहयोग गरेको बताएका छन्। उनले पहिलो दिन हाटमा जातीय खानपानहरू लगायत जैविक सर सामानहरू बिक्रीमा राखिएको बताउँदै यसको साथै मञ्चमा गीत गायन र नृत्य प्रस्तुति पनि भएको जानकारी गराएका छन्। उनले गोर्खे हाटमा स्थानीय जैविक सर सामानहरू किनबेच गर्नुको साथै जातीय सांस्कृतिक संरक्षण गर्नुको उद्देश्य लिएर शुरु गरिएको अनि यसको साथै सांगीतिक र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेर स्थानीय प्रतिभाशाली युवाहरूलाई मञ्च दिने कार्य गर्ने पनि बताएका छन्।

About Author

Advertisement