स्थानीय जनताले प्रहरी हबल्दार माथि कुटपीट

IMG-20241020-WA0054

बैतडी: ११ अक्टूबरमा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ को महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो। जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो।
उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार, ती किशोरी ११अक्टूबर को बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी इन्स्पेक्टर ढुंगानाले भने, ‘सो समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन्।’
सो दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका हुन्। किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक ढुंगानाले बताए। ‘शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार१५अक्टूबर जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार जोशीले नै बेपत्ता पारेको भन्दै किटानी जाहेरी दिएका थिए,’ प्रहरी इन्स्पेक्टर ढुंगानाले भने, ‘अहिले हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ।’
उनका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ। प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्वीरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन्। यता प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूले नपारेको बयान दिएका छन्।
‘११अक्टूबरको बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी इन्स्पेक्टर ढुंगानाका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूहरूको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सो कारणले तनाव भएको बताएकी थिइन्। मैले आफू विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिएँ। त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन्। मेरो भेट भएको छैन।’
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख तथा प्रहरी डिएसपी मकेन्द्र मिश्रले चार दिनको म्याद थप गरेर हवल्दार जोशीमाथि अनुसन्धान भइरहेको बताए। ९ दिनदेखि बेपत्ता किशोरीको पनि प्रहरी इन्स्पेक्टरको कमाण्डमा खटिएको टोलीले खोजी गरिरहेको डीएसपी मिश्रले बताए। डिम्बर क्षेत्र नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको नजिकै छ। महाकाली किनारमा डिम्बर क्षेत्रका स्थानीयको खेत छ भने खेतछेउमा बस्ती छ। सो बस्तीमै महाकाली प्रहरी चौकी छ। सीमा क्षेत्र भएकाले ती किशोरीलाई भारततर्फ बेपत्ता पारिएको प्रहरी आशंका छ।
तर, भारतमा भने नेपाल प्रहरीको टोलीले खोजी कार्य अगाडि बढाउन नसकेको जनाएको छ। ‘भारतीय क्षेत्रमा पनि हामीले किशोरीको खोजी कार्य अगाडि बढाउन खोजेका हौँ,’ बैतडीका प्रहरी प्रवक्ता ढुंगानले भने, ‘तर, त्यो प्रभावकारी रूपमा हुन सकेको छैन।

About Author

Advertisement