स्ट्रेन्थ लिफ्टिङ टीमले गरे राज्यपाल माथुरसॅंग शिष्टाचार भेट

n6254213721722969975885fdad4ede45f7d9636be2ac5e7c19d30900d742c71c4d54b6fedabba2bfd7fd82

गान्तोक: सिक्किमको स्ट्रेन्थ लिफ्टिङ टीमले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो।

प्रशिक्षक पेमा दोर्जी भोटियाको अगुवाईमा गएको टोलीले गत १५ देखि १९ जुलाईसम्म कजाकिस्तानमा आयोजित ११औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ एण्ड इनक्लाइन बेञ्च प्रेस च्याम्पियनशिपमा राज्यका खेलाड़ीहरूले भाग लिएको जानकारी राज्यपाललाई गरायो।

उक्त च्याम्पियनशिपमा भारत १२ प्रतिभागी देशहरूमा च्याम्पियन बनेको बताउॅंदै सिक्किमका खेलाडीहरूले २८ वटा मेडल जित्न सफल बनेको पनि बताइयो।

राज्यपालले प्रतिभागी खेलाडीहरूलाई बधाई दिॅंदै उनीहरूको उपलब्धिलाई राष्ट्रिय गौरवको स्रोत बताए। उनले खेलाडीहरूलाई आफ्नो समर्पण जारी राख्न प्रोत्साहन प्रदान गर्दै भविष्यका प्रयासहरूको निम्ति शुभकामना व्यक्त गरे।

About Author

Advertisement