‘स्ट्रीट टु स्टेज सिक्किम’ डान्स प्रतियोगिता अब अनलाइन अडिशनमा

n6917764941764887648027fc621d14b0b9ca1be44b3a826a55adf072dbace77b3f735dc09e65fe18a063cf

गान्ताेक: सिक्किम एडुकेशनल सोसाइटीद्वारा आयोजना हुन लागेको डान्स कम्पिटिशन ‘स्ट्रीट टु स्टेज सिक्किम’ को अडिशन अब अफलाइनको सट्टा अनलाइन माध्यमबाट हुनेछ।
प्रतियोगितामा भाग लिन इच्छुक प्रतिभागीहरूले आफ्नो दुई मिनेटको नृत्य भिडियो रेकर्ड गरी आयोजकलाई पठाउनु पर्नेछ। निर्णायकहरूले भिडियो हेरेर प्रतिभागीहरूको चयन गर्नेछन् र मेगा अडिशनका लागि पाकिममा बोलाउनेछन्।
आयोजक अभिषेक प्रधानका अनुसार, अडिशनको प्रवेश शुल्क तिर्नु पर्दैन, तर मेगा अडिशनमा चयनित प्रतिभागीहरूले निर्धारित शुल्क भुक्तान गर्नु पर्नेछ। अनलाइन अडिशन यो डिसेम्बर महिनाभरि सञ्चालन हुनेछ भने मेगा अडिशन जनवरी २०२६ मा हुनेछ। उनले यो प्रतियोगिता विशेष गरी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको र विद्यार्थीहरूले विन्टर ब्रेकमा फोनको सट्टा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउन भन्ने उद्देश्य रहेको बताए।
यो नृत्य प्रतियोगिता जुनियर (अन्डर १६) र वरिष्ठ (खुला) वर्ग मा आयोजना हुँदैछ। प्रतियोगिताका पुरस्कार यस प्रकार छन्:
जुनियर वर्ग: विजेता–५० हजार, प्रथम उपविजेता–२५ हजार, दोस्रो उपविजेता–१५ हजार, तेस्रो उपविजेता–१० हजार।
वरिष्ठ वर्ग: विजेता–१ लाख, प्रथम उपविजेता–५० हजार, दोस्रो उपविजेता–३० हजार, तेस्रो उपविजेता–१५ हजार।

About Author

Advertisement