स्टार अलराउण्डर जेसन होल्डर टी२० वर्ल्ड कपबाट बाहिर

IMG-20240527-WA0132.jpg

केपटाउन: वेष्ट इण्डिजका अलराउण्डर तथा पूर्व कप्तान जेसन होल्डर चोटले गर्दा २ जूनदेखि शुरु हुने टी२० वर्ल्ड कपबाट बाहिर भएका छन्। दक्षिण अफ्रिका विरुद्ध टी२० सीरीज खेलिरहेका देब्रे हातका पेस बलर ओबेद मकायले टीममा होल्डरको स्थान लिनेछन्। होल्डरलाई काउण्टी च्याम्पियनशीपको अवधि चोट लागेको थियो। होल्डरलाई कहाँ चोट लागेको छ अनि निको हुन कति समय लाग्नेछ भन्ने चाहिँ क्रिकेट वेष्ट इण्डिजले आफ्नो विज्ञप्तिमा जानकारी दिएको छैन। मुख्य चयनकर्ता डेसमण्ड हेन्सले भने, जेसन अनुभवी खेलाड़ी हुन् अनि उनको अनुपस्थिति निश्चित रूपले अनुभव हुनेछ। हामी उनी चाँड़ै फिट भएर टीममा फर्किने कामना गर्दछौ। उनी जस्ता खेलाड़ीलाई गुमाउनु दुर्भाग्यपूर्ण हो तर हामीलाई ओबेद मकायको योग्यतामाथि पूरा भरोसा छ। उनको प्रदर्शनमा कौशल देख्न सकिन्छ। उनले यस मौकाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने हामीलाई विश्वास छ। यसरी टीमका मुख्य प्रशिक्षक डेरेन सेमीले भने, हामी भाग्यशाली छौं कि हामीसँग यति गहिराई छ। हाम्रा रिजर्व खेलाड़ीहरूले पनि हरेक प्रारूपमा आफ्नो क्षमता साबित गरिसकेका छन्। सबै खेलाड़ीहरू योग्य छन् अनि आवश्यकता परे टीममा आउन तयार छन्।
बद्लाउपछि वेष्ट इण्डिज टीमः
रोवम्यान पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जनसन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, शमार जोसेफ, ब्रेण्डन किंग, निकोलस पूरन (विकेटकीपर), शे होप, आन्द्रे रसेल, रोमारियो शेफर्ड, ओबेद मकाय, अकील हुसैन, गुडाकेश मोती, शेरफाने रदरफोर्ड
रिजर्वः काइल मायर्स, म्याथ्यू फोर्ड, फेबियन एलन, हेडन वल्श जूनियर, आन्द्रे फ्लेचर

About Author

Advertisement