स्कूलमा छात्राको मृत्यु मामिला, परिजनहरूले अधिकारीहरू विरूद्ध एफआईआर दर्ता गरे

IMG-20230528-WA0320-5-300x172-3

अलिपुरद्वारः जिल्लाको न्य् टाउन गर्ल्स हाई स्कूलको छैठौं कक्षाकी एक छात्राको स्कूलमा मृत्यु मामिलामा परिजनले बिहिवार स्कूल प्रशासन विरूद्ध थानामा लिखित शिकायत दर्ता गराएको छ। यसबीच छात्राको मृत्युको कारण स्कूल अधिकारीहरूले दुई दिनको छुट्टीको घोषणा गरेका छन्।

मृतक छात्राको पिता राजीव देबनाथले आरोप लगाएका छन्, छोरी स्वस्थ अवस्थामा घरबाट स्कूल गएकी थिइन्। स्कूलमा अस्वस्थ भएपछि स्कूल प्रशासनले उसलाई डेढ़ घण्टासम्म उपचार बिना स्कूलमा किन छोड्यो ? जिल्ला अस्पताल उक्त स्कूलको धेरै नजिक छ। मेरी छोरीलाई पहिले त्यहाँ किन लगिएन। छोरीलाई उसकी आमाले अस्पताल लगिन् तर स्कूलको कुनै पनि शिक्षक उनीहरूको साथमा गएन।

यद्यपि, स्कूलका प्रधान शिक्षिका कुसुमिका मैत्राले लापरवाहीको शिकायतलाई सोझै खारेज गरेकी छन्। उनले भनिन्, स्कूलको तर्फबाट कुनै लापरवाही गरिएको छैन। हामील सबै व्यवस्थाहरू गरेका थियौं। अर्कोतिर, स्कूल प्रबन्धन समितिका चेयरम्यान मृदुल गोस्वामीले स्पष्ट रूपमा भने, मामिलाको जाँच हुनुपर्छ। जसबाट दोषी को हो स्पष्ट हुनेछ। जसपछि दोषी विरूद्ध कानूनी कारबाही गरिनेछ।

About Author

Advertisement