स्कटल्याण्डविरुद्ध ईंग्ल्याण्डको ५ विकेटले जीत

IMG-20260214-WA0116

ईडन गार्डन्स: ईंग्ल्याण्डले आईसीसी टी२० वर्ल्ड कपको म्याचमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथ ईंग्ल्याण्ड तीनवटा म्याचमा ४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहन पुग्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै स्कटल्याण्ड १९.४ ओभरमा १५२ रन बनाएर अलआउट भयो। त्यसपछि ईंग्ल्याण्डले १० बल बाँकी रहँदै ५ विकेटमा १५५ रन बनाएर म्याच जित्यो। ईंग्ल्याण्डको शुरुवात असल रहेन। ओपनरद्वय फिल सल्ट (२) र जोस बटलर (३ रन) आउट हुँदा स्कोर केवल १३ रन रहेको थियो। शुरुमै २ विकेट गुमाएपछि टम बेण्टनले मोर्चा सम्हाले। उनले पहिला जेकब बेथेलसँग मिलेर तेस्रो विकेटको निम्ति ६६ रनको पार्टनरशीप गरे। ईंग्ल्याण्डले पछिबाट बेथेल र कप्तान ह्यारी ब्रूक (४)-को विकेट लगातार अन्तरालमा गुमाए पनि बेण्टनले रन बनाउन जारी राखे। बेथेलले २८ बलमा ३२ रन बनाए। चौथो विकेटको पतनपछि बेण्टनले अलराउण्डर सेम कुरेनसँग मिलेर स्कोरलाई १३२ रनसम्म पुऱ्याए। कुरेनले २० बलमा २८ रन बनाए अनि १७औं ओभरमा आउट भए। त्यसपछि बेण्टनले विल ज्याक्ससँग मिलेर टोलीलाई सजिलै जीत दिलाए। ज्याक्स १६ रनमा अविजित रहे। बेण्टनले ४१ बलमा ४ वटा चौका र ३ वटा छक्काको सहायताले अविजित ६३ रन बनाए। यसअघि ईडन गार्डन्समा पहिला ब्याटिंग गर्दै स्कटल्याण्डले १८ रनमै २ विकेट गुमायो। त्यहाँबाट कप्तान रिची बेरिंगटनले ओपनर माइकल जोन्ससँग मिलेर स्कोर ४२ रनसम्म पुऱ्याए। जोन्स २० बलमा ५ वटा चौका र एउटा छक्काको साथ ३३ रन बनाएर आउट भए। जोन्स आउट भएपछि बेरिंगटनले टम ब्रूस (२४ रन) सँग मिलेर चौथो विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरे। कप्तान बेरिंगटनले टोलीको निम्ति सर्वाधिक ५९ रन बनाए। उनले ३२ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक ओलिवर डेविडसन २० रनमा अविजित रहे। ईंग्ल्याण्डका बलरहरूमा राशिदले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement