मिरिक: सौरेनी समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा जीटीए चुनावमा प्रतिद्वन्दिता गरिरहेका बिनोद खालिङले आज मिरिकमा संचारमाध्यमसित कुरा गर्दै सौरेनीको सर्वाङ्गिङन विकासकोलागि चुनाव मैदानमा निस्किएको बताए। उनले सौरेनी समष्टिका जनतालाई नेतृत्व प्रदान गर्दै विगतमा एउटा राजनैतिक दलसित संलग्न रहेर अघि बढिरहेको थिएँ भन्दै यसो भने, ‘राजनैतिक दलमा बसेर जनताको सेवा गर्न मन भए पनि सकिनँl यसैले पार्टीबाट राजीनामा दिएर जनताको लागि थुप्रै कार्य गर्ने सोच राखेर जीटीएको चुनावमा उम्मेद्वारिता दिएको हो। जीटीएको चुनावमा विजय बनेपछि मेरो पहिलो प्राथमिकता नै शैक्षिक संस्थानहरूलाई राजनीतिमुक्त गरेर गुणस्तरीय शिक्षा पद्धति स्थापना गराउनु हुनेछ भन्दै लघु घरेलु उद्योग स्थापना गरि स्वरोजगारको निम्ति युवाहरुलाई प्रोत्साहित गराउनु रहनेछl’ ‘जीटीए मार्फत गरिबहरुको घर निर्माण गरिदनुमा मेरो प्रमुखता रहनेछl कृषकहरुलाई सरकारी सहुलियतहरु खोजेर उपलब्ध गराउनु, चिया श्रमिकको नाममा उठाएको रिलिफ फण्ड खोजेर चिया श्रमिकहरुलाई उपलब्ध गराउनु साथै चिया श्रमिकको विभिन्न समस्या समाधानको मार्गहरू खोजेर अधिकार दिलाउनुकोलागि सक्रिय कार्य गर्नेछु’, उनले भने।








