सोऱेङका जिल्लापालद्वारा पैहौग्रस्त क्षेत्रको निरीक्षण

IMG-20241003-WA0287

सोऱेङ: सोरेङका जिल्लापाल धीरज सुबेदीले गत केही दिनदेखि यता निरन्तर रूपमा पैह्रौग्रस्त क्षेत्रको निरीक्षण गरिरहेका छन्। यसै क्रममा आज उनले दरमदिन निर्वाचन क्षेत्रमा पैह्रौ प्रभावित स्थलको निरीण गर्दै सरकारको तर्फबाट प्रदान गरिने सबै प्रकारको सहुलियत प्रदान गरिने वचन दिए। यस अवसरमा जिल्लापालले पैह्रौ प्रभावित परिवारलाई जिल्ला आपदा ऐन अन्तर्गत समयमा नै क्षतिपूर्ति प्रदान गरिने आश्वासन दिए। गत केही दिनदेखि निरन्तर परेको भारी वर्षाले राज्यको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको छ। यसै अन्तर्गत जिल्लापालले रिब्दी भरेङमा पैह्रौले अधिक प्रभावित तुल्याएको निरीक्षणको क्रममा थाह पाए। निरीक्षणको क्रममा जिल्लापालसँग महकुमा अधिकारी सनी खरेल, महकुमा अधिकारी (मुख्यालय) पीके सुब्बा लगायत स्थानीय पञ्चायतहरू पनि सामेल रहेका थिए।

About Author

Advertisement