सोरेङ जिल्ला बन्यो अन्तर जिल्ला महिला फूटबल च्याम्पियन

IMG-20250119-WA0224

जोरथाङ: जोरथाङ माघे मेलाको अवसरमा आयोजित अन्तर जिल्ला महिला फूटबल टुर्नामेन्टमा पश्चिम सिक्किमको सोरेङ जिल्ला विजयी बनेको छ। माघे मेलाको आज छैटौं दिनमा सम्पन्न टुर्नामेन्टको फाइनल खेलमा गेजिङ जिल्लालाई परास्त गरेर सोरेङले यो उपाधी प्राप्त गरेको हो। म्याचको 90 मिनटको निर्धारित समय दुवै दल गोलरहित रहेपछि टाइ ब्रेकर खेलाइएको थियो। टाइ ब्रेकरमा सोरेङ जिल्ला एक-को विरुद्ध दुई गोलले विजयी बन्यो।
सोरेङ जिल्लाकी एञ्जल सुब्बालाई प्लेयर अफ् दी टुर्नामेन्ट घोषित गरियो भने गेजिङ जिल्लाकी सञ्चिता सुब्बा प्लेयर अफ् दी म्याच बनिन्। यसरी नै सोरेङकी सीमा गुरुङ बेल्ट गोलकिपर, नाम्ची जिल्लाकी करिश्मा राई सर्वाधिक गोलदाता बनिन् भने नाम्ची जिल्लालाई नै फेयर टीम अफ् दी टुर्नामेन्ट घोषित गरियो। टुर्नामेन्टका विजेता दललाई रु. तीन लाख अनि उप विजेता दललाई दुई लाख प्रदान गरियो।
म्याचमा गान्तोकका विधायक दिले नामग्यल बर्फुङ्गपा मुख्य अतिथि रहेका थिए। उनको साथमा मन्त्री भीम हाङ लिम्बू, विधायक तेञ्जीङ नर्बु लाम्टा र एनबी प्रधानको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement