सोरेङ जिल्लामा हालसम्म पुग्यो १४० वटा पोस्टल व्यालेट

IMG-20240508-WA0269.jpg

सोरेङ: राज्यमा गत १९ अप्रेलको दिन सिक्किम विधानसभा र लोकसभाको चुनाउ सम्पन्न भएको थियो। उक्त चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए। हाल देशको विभिन्न स्थानमा चुनाउको समयमा खटिएका कर्मचारीहरूद्वारा गरिएको मतदान आउने क्रम जारी गरेको छ। यसै क्रममा आज सोरेङ जिल्लामा आएको पोस्टल व्यालेट नोडल अधिकारी रजनी पेगालाई जिल्लापाल हिस्से डी. योङदा, अतिरिक्त जिल्लापाल धिराज सुवेदी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुम्पियो। आज प्राप्त गरिएको पोस्टल व्यालेट सबै अधिकारी साथै राजनीतिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूममा राखिएको छ। उल्लेखनीय छ, गत १६ अप्रेलदेखि नै पोस्टल व्यालेट आउने क्रम जारी रहेको छ भने अहिलेसम्म सोरेङ जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति १४० वटा पोस्टल व्यालेट प्राप्त भइसकेको जानकारी गराएको छ।

About Author

Advertisement