सोरेङ जिल्लाका विजयी उम्मेदवाहरूले गरे मुख्यमन्त्रीसँग भेट

IMG_20221116_232638.jpg

गान्तोक: हालै पञ्चायत चुनाउमा विजयी हुने जिल्ला पञ्चायत उम्मेदवारहरूले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेटगरे। उनले मिन्तोगाङस्थित सरकारी निवासमा भेट गर्दै विजयी हुने उम्मेदवाहरूलाई बधाई दिएका छन्। यी विजयी हुने सबै उम्मेदवारहरू सोरेङ जिल्लाकाको रहेको बताइएको छ। तिलादेवी गुरूङ जिल्ला अध्यक्ष र चन्द्र बीर कामीलाई जिल्ला उपाध्यक्षको पदमा मनोनित गरिएको छ। मुख्यमन्त्रीले नयाँ भूमिका र सामाजिक उत्तरदायित्वको लागि शुभकामना व्यक्त गर्दै जनता, राज्यको हित र विकासका लागि पूर्ण समर्पण र उत्साहका साथ उत्कृष्ट कार्य गर्ने आशा व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले टोलीबाट अतुलनीय सहयोग पाएकोमा अध्यक्ष र उपाध्यायका उम्मेदवारलाई बधाई दिँदै खुशी व्यक्त गर्दै सोरेङ जिल्ला प्रशासनले निर्वाचन प्रक्रियामा लगनशीलता र कडा परिश्रम गरेकोमा प्रशंसा गरे। यस अवसरमा मन्त्री एमएन शेर्पा, विधायक अदित्य गोले, विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र पूर्व सांसद ओटी लेप्चा पनि उपस्थि रहेका थिए।

About Author

Advertisement