सोरेङ जिल्लाका पञ्जीकृत कर्मचारीहरूको निम्ति स्वास्थ्य जाँच शिविर

IMG-20250514-WA0263

गान्तोक: सुनौलो सिक्किम, समृद्ध अनि समर्थ सिक्किम भन्ने नारालाई आत्मसाथ गर्दै राज्यमा कार्यरत पञ्जीकृत कर्मचारीहरूलाई लिएर एक दिवसीय स्वास्थ्य जाँच शिविर आज सोरेङ जिल्लाको खेल मैदानमा आयोजना गरियो। स्वास्थ्य शिविरमा गेजिङ जिल्ला अस्पतालका तीनजना चिकित्सक विशषेज्ञ र सोरेङ जिल्लाबाट दुईजना मेडिकल अधिकारी, १२ जना प्यारामेडिकल अधिकारीलगायत अन्य तकनिकी सहयोगीहरू सामेल थिए। यस शिविरमा कूल २७८ जना कर्मचारीहरूको उपचार गरियो। जसमा हेपाटाइटिस बी, मलेरिया, डेङगु, टायफाइड, व्लड सुगर लगायत अन्य रोगबारे जाँच गरिएको थियो। सोरेङ जिल्लाका श्रम विभागले शिविरमा सहभागी गेजिङ र सोरेङ जिल्लाका चिकित्सक तथा तकनिकी टीमलाई कृतज्ञता प्रकट गरेको छ।

About Author

Advertisement