सोरेङ जिल्लाका दुई सफाई कर्मचारी अभिनन्दित

si-9

सोरेङः राजधानीस्थित पाल्जोर स्टेडियममा हिजो सम्पन्न भएको ७७औं स्वतन्त्रता दिवसको अवसरमा सोरेङ जिल्लाका सफाई कर्मचारी तिलाहाङ सुब्बालाई स्टेट मेरिटोरियल सर्विस पुरस्कारले सम्मान जनाइयो। पुरस्कार लिएर सोरेङ जिल्ला फर्किएका सुब्बा साथै गत वर्ष सोही पुरस्कारले सम्मानित बनेका सोहन कुमार तामाङलाई आज जिल्ला प्रशासन केन्द्रमा आयोजित एक कार्यक्रमबिच अभिनन्दन जनाइयो।

उक्त कार्यक्रममा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। जिल्लापाल ठटालले जानकारी गराए अनुसार, यस वर्षको स्वतन्त्रता दिवसको अवसरमा ग्रुप सी र डी- का कर्मचारीहरूलाई उक्त पुरस्कारको निम्ति छनौट गरिएको थियो। कुनै पनि विभागको कामकाजको मेरुदण्ड भएकाले जिल्लाले प्रत्येक वर्ष राज्य पुरस्कारका लागि समूह ग र डीका कर्मचारीहरूलाई मनोनयन गर्दै आएको र यो उनीहरूको सेवाप्रति प्रशंसा र कृतज्ञताको प्रतीक भएको जिल्लापालले बताए। गत वर्ष जिल्ला गठन भएदेखि नै दुईजना सक्षम कर्मचारीले राज्य सरकारबाट मेरिटोरिअस पुरस्कार प्राप्त भएको अवगत गराए।

About Author

Advertisement