सोरेङ च्याखुङ जिल्ला टप्परहरूलाई हिमाकर्ण-सञ्चरानी छात्रवृत्ति प्रदान

photocollage_202452721405576.jpg

सोरेङ: १०औं र १२औं बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टि टप्परहरूलाई आज छात्रवृत्ति प्रदान गरियो। थर्पूको हिमाकर्ण-सञ्चरानी एजुकेशन फाउण्डेशनले प्रदान गरेको हो विद्यार्थीहरूलाई छात्रवृत्ति। थर्पू उच्चतर माध्यामिक विद्यालमा आज एउटा कार्यक्रमबीच १०औं श्रेणीको बोर्ड परीक्षामा ९२.६ प्रतिशत अङ्क ल्याउने प्रितम शर्मा र १२औं श्रोणीको बोर्ड परीक्षामा ९१.२ पुरतिशत अङ्क ल्याएर जिल्ला टप्पर बनेका समीक्षा प्रधानले उक्त छात्रवृत्ति गरियो।

उल्लेखनीय छ, सिक्किम सरकारका पूर्व शिक्षा मन्त्री राम बहादुर सुब्बा अनि उनका परिवारजनद्वारा आफ्ना दिवङ्गत माता सञ्चरानी सुब्बा र पिता हिमाकर्ण सुब्बाको स्मृतिमा वर्ष २००६मा स्थापना गरिएको संस्था हो हिमाकर्ण-सञ्चरानी एजुकेशन सोसाइटी। स्थापनाकालदेखि नै क्षेत्रका विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रोत्सहान गर्ने उद्देश्यले यस संस्थाले प्रत्येक वर्ष जिल्ला टप्परहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। द्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रोत्सहान गर्ने उद्देश्यले संस्थाले यसरी जिल्ला टप्परहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरेको हो।

यस वर्षदेखि हिमाकर्ण-सञ्चरानी एजुकेशन फाउण्डेशनले आफ्नो सामाजिक कार्यको क्षेत्रलाई विस्तार गर्दै प्रगतिशील कृषक र ग्वालाहरूलाई पनि सम्मान जनाउने निर्णय लिएको छ। यसै क्रममा यस वर्षको निम्ति प्रगतिशील कृषक लाल बहादुर सुब्बा र ग्वाला दिलीप घिमिरेलाई सम्मान जनाइयो। यसरी नै थर्पू उच्चतर माध्यामिक विद्यालयमा लामो समयदेखि सेवा पुऱ्याउँदै आएका कर्मचारीद्वय नरेन प्रधान र सुरेखा सुब्बालाई सम्मान जनाइयो।

आजको कार्यक्रममा सोरेङ जिल्लाका प्रमुख शिक्षा अधिकारी केबी छेत्री मुख्य अतिथि रहेका थिए। यसरी नै हिमाकर्ण-सञ्चरानी एजुकेशन फाउण्डेशनका संस्थापक तथा पूर्व मन्त्री आरबी सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement