सोरेङः स्वच्छ भारत अभियान (ग्रामीण) अन्तर्गत सोरेङ खुल्लामा शौच मुक्त साथै आदर्श जिल्ला (ओडीएफ प्लस) बनेको छ। जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आज आयोजित एक कार्यक्रममा सोरेङलाई ओडीएफ प्लस घोषणा गरियो।
ग्रामीण विकास विभाग, सोरेङद्वारा आयोजित कार्यक्रममा जिल्लापाल भीम ठटालले विभागलाई ओडीएफ प्लस प्रमाणपत्र हस्तान्तरण गरे। जिल्लापाल ठटालले साफ-सफाईलाई प्राथमिकता दिनुपर्छ भन्दै ओडीएफ प्लस हासिल गर्न सबै हितधारकहरूको प्रयासको सराहना गरे। उनले यस प्रयासलाई निरन्तरता दिनुपर्छ भनी बताए।
उनले ओडीएफ प्लस आदर्श जिल्ला सम्बन्धित प्राधिकरणहरूद्वारा सुम्पिएको रिपोर्टहरूको आधारमा घोषणा गरिएको बताए। उनले साफ-सफाई र स्वच्छतालाई लिएर जनसाधारणमा सचेतनाको निम्ति बल दिए।
-हिस











