सोरेङमा वित्तीय साक्षरता भ्यानको शुभारम्भ

CollageMaker_202321423254796.jpg

सोरेङ: रिजर्भ व्याङ्क अफ् इन्डियाले सोरेङ जिल्लाको निम्ति वित्तीय साक्षरता भ्यानको शुरूवात गरेको छ। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले उक्त भ्यानलाई झण्डा हल्लाएर प्रस्थान गराए। यस योजनाको थिम राम्रो वित्तीय व्यवहार तपाईँको मुक्ति रहेको छ।आजदेखि शुरूवात गरेको यस भ्यानले सोरेङ जिल्लाको खण्ड प्रशासनिक केन्द्र वरिपरिका गाउँमा पुगेर मानिसहरूलाई वित्तीय साक्षरताबारेमा अवगत गराउने छ। विशेष गरेर उक्त भ्यान हप्तामा चार पल्ट गाउँमा मानिसहरूलाई सचेत गराउने भएको छ। जिल्लापाल ठटारले आज सोरेङको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक कार्यक्रमबीच झण्डा हल्लाएर भ्यान प्रस्थान गराएका हुन्। यो कार्यक्रममा अतिरिक्त जिल्लापाल धिरज सुबेदी, पुलिस अधिक्षक जे. जयापाण्डिया लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। यस अवसरमा वित्तीय साक्षरताको निम्ति पोस्टरको पनि विमोचन गरियो।

About Author

Advertisement