सोरेङमा पालन गरियो पोषण माह

IMG-20240911-WA0302

गान्तोक: सोरेङ जिल्लाको महिला एवम् बाल विकास विभागको पहलमा आज रिञ्चेनपोङ तादोङ ग्राम पञ्चायत अन्तर्गत लेप्चा गाउँमा पोषण माह कार्यक्रम आयोजना गरियो।उक्त कार्यक्रममा रिञ्चेनपोङ तादोङ ग्राम पञ्चायत युनिटका सदस्य, पञ्चायत सदस्य, पीएचसी रिञ्चेनपोङका अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सीडीपीओ गौरी तामाङले स्थानीय विभिन्न प्रकारको खाद्य सामग्री जस्तै कोदोद्वारा निर्मित खाद्य जुन स्वास्थ्यको निम्ति लाभदायक छ, त्यसबारे प्रकाश पारेकी थिइन्। सोही प्रकारले स्वास्थ्य विभागका अधिकारीहरूले पनि पूरक आहारका बारेमा प्रकाश पार्दै बालबालिकाको वृद्धि र सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने पोषणका बारेमा जानकारी गराए।

About Author

Advertisement