सोरेङमा पलन गरियो राजा राम मोहन रायको २५०औं जन्म जयन्ती

IMG-20220720-WA0173.jpg

गान्तोक: सोरेङ जिल्लामा राजा राम मोहन रायको २५०औं जन्म जयन्ती पालन गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र राजा राम मोहन राय पुस्तकालयको संयुक्त पहलमा आयोजित यस कार्यक्रम अन्तर्गत एक सचेतना ऱ्यालीको पनि आयोजना गरिएको थियो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सामाजिक कल्याण विभागकी अधिकारी प्रतिभा तामाङ रहेकी थिइन्।

विद्यार्थीहरूलाई सम्बोधन गर्दै मुख्य अतिथि तामाङले भारतको इतिहासमा महिलाहरूलाई सशक्तिकरण गराउन राजा राम मोहन रायको भूमिकाबारे प्रकाश पारिन्। विशेष गरेर राजा राम मोहन रायले सतिप्रथा र वाव बिबाहको मानिसहरूमा जागरूक गराएको कुरा उनले उल्लेख गरिन्।

About Author

Advertisement