सोरेङमा जनगणना २०२७ सम्बन्धी गणक र पर्यवेक्षकको तालिम सम्पन्न

n7081076301775927375519120a2fb5ed882f6849255f51fddf5c0e12eaf5e0053fd3bfeadac3c8c6b5309f

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत जनगणना २०२७ लाई केन्द्रमा राख्दै गणक तथा पर्यवेक्षकहरूको लागि सञ्चालन गरिएको तालिमको पहिलो चरण शनिवार सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिम जिल्लाभरिका कर्मचारीहरूलाई समेट्दै छ वटा समूहमा सञ्चालन गरिएको थियो।
जिल्लाका लागि घर सूचीकरण कार्य आगामी १६ अप्रेलदेखि १५ मे २०२६ सम्म सञ्चालन हुने तालिका रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै चुम्बुङका खण्ड विकास अधिकारी आरके गुरुङ ले ३० मार्चदेखि ११ अप्रेलसम्म सञ्चालन गरिएको तालिम प्रक्रियाबारे जानकारी दिँदै आफ्ना अनुभवहरू साझा गरेका थिए।
त्यस्तै दरामदिनका खण्ड विकास अधिकारी ओङ्दी शेर्पा ले जनगणनाको महत्त्व, उद्देश्य तथा घर सूचीकरण प्रक्रियाबारे विस्तृत रूपमा प्रकाश पारे। उनले गणक तथा पर्यवेक्षकहरूको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्दै स्व–गणना (self-enumeration) व्यवस्था लागू गरिने जानकारी समेत दिए।
तालिमका क्रममा अधिकारीहरूले आगामी जनगणना गतिविधिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रश्नावली तथा तथ्याङ्क सङ्कलन प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको अवसरमा गणक र पर्यवेक्षकहरूलाई नियुक्ति–पत्र पनि वितरण गरिएको थियो। कार्यक्रममा तथ्याङ्कीय अन्वेषक (जनगणना सञ्चालन विभाग) मृणाल सरकार सहित सम्बन्धित अधिकारी तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement