सोरेङमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सेवानिवृत्त नागरिकहरु सम्मानित

IMG-20250822-WA0023

सोरेङ: राज्य सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघ, सोरेङ जिल्ला शाखको तत्वावधानमा आज सोरेङ सोरेङ स्कूल प्रेक्षागृहमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पालन गरियो। संघले प्रतिवर्ष झैँ यसपटक पनि विभिन्न कार्यक्रमसितै भव्यरूपमा पालन गरेको हो। उक्त कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ मुख्य अतिथिकारूपमा उपस्थित थिइन्। साथै क्षेत्र विधायक आदित्य गोले, विधायक इरुङ तेञ्जिङ लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजक समितिले 80 वर्ष नाघेका सेवानिवृत्त कर्मचारी मा छिरिङ लेप्चालाई अभिनन्दन जनाएको थियो। यसरी नै ९० वर्ष नाघेका ज्येष्ठ नागरिकहरु पाँचवटा खण्डबाट एक-एक जनालाई सम्मानित गरियो। जसमा कलुक बीएसीबाट विष्णुमाया गुरुङ, सोरेङ बीएसीबाट नवल किशोर पन्त, दरमदिन बीएसीबाट केबी गदाइली, बैगुने बीएसीबाट दयाराम दर्जी र च्याखुङ बीएसीबाट फुर्बा छिरिङ लेप्चालाई सम्मान जनाइयो। कार्यक्रममा सोरेङ जिल्लाबाट १०औं र १२औं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने मेधावी विद्यार्थीहरुअन्तर्गत सोरेङ स्कूलका सरगम शर्मा र सोमबारे स्कुलका प्रतिभा शर्मा खनाललाई सम्मानित गरियो। यसरी नै नेपालमा आयोजित भोइस अफ् किट्स सिजन-४ प्रतियोगिताको फाइनलमा पुग्न सफल मङ्गलबारे स्कूलका छात्र अयान राईलाई पनि सम्मान जनाइयो। सेवानिवृत्त शिक्षिका सुजना तामाङद्वारा सञ्चालित कार्यक्रमलाई संघका महासचिव एचपी शंकर, संयोजक दिनेश पेगा र मुख्य अतिथि शारदा तामाङले सम्बोधन गरेका थिए।

About Author

Advertisement