सोरेङका खेलाड़ीहरूले अन्तरजिल्ला एथलेटिक्स मीटमा सहभागिता जनाउने

IMG-20250328-WA0319

गान्तोक: भोलि अर्थात २९ मार्चदेखि गान्तोक जिल्लाको राङकास्थित रेशीथाङ खेलगाउँमा आयोजना हुने अन्तरजिल्ला एथलेटिक्स मीटमा सहभागी जनाउने खेलाडीहरूलाई सोरेङ जिल्लाकी महकुमा अधिकारी साक्छुम लेप्चाले झण्डा हल्लाएर प्रस्थान गराइन्। २९ देखि ३१ मार्चसम्म आयोजना हुने उक्त प्रतियोगितामा सोरेङ जिल्लाले विभिन्न वर्गमा भाग लिने भएकोछ।
यस अवसरमा सोरेङ जिल्ला एथलेटिक्स एसोसिशनका अध्यक्ष पीडी भोटिया, महासचिव योगेश सुब्बा, सल्लाहकार लोब्जाङ लामा लगायत विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement