सोम चियाबारीमा सप्ताह दिनभित्रमा बाटोको निर्माण कार्य आरम्भ नभए भरत तामाङले दिए लुइस जुब्ली अघि धरनामा बस्ने चेताउनी

IMG-20240508-WA0235.jpg

दार्जीलिङ: एक सप्ताहभित्रमा दार्जिलिङको सोम चिया कमानको बाटो जनताले चाहे जस्तो निर्माण नभए हाम्रो पार्टीको कार्यकर्ता भरत तामाङले यहाँको लुइस जुब्लीस्थित बिजनबारी इन्जीनिरिङ विभागको कार्यालय अघि धरनामा बस्ने चेताउनी दिएका छन्। दार्जिलिङको तकभर समष्टि अन्तर्गत पर्ने सोम चिया बगान जाने बाटोको अवस्था अति नै सोचनीय रहेको छ। बाटोको जीर्ण अवस्थाबारे सोम चिया कमानको बासिन्दाहरूले सम्बन्धित विभागीय अधिकारीहरूलाई धेरै पटक अवगत गराउँदै आएको जनाइएको छ। यसै क्रममा बिजनबारी इञ्जिनिरिङ विभागले गत वर्ष नै बाटोको निर्माण कार्यको निर्देश जारी गरिसकेको थियो अनि त्यसैको आधारमा बाटोको निर्माण कार्य आरम्भ पनि गरेका थिए। तर निर्माण कार्यको १०-१५ दिनभित्रमा नै बाटोको बीच बीचमा झारहरू पलाउन थालेको र त्यसैबीच बर्खायाम शुरू भयो भन्दै ठेकादारले सुक्खा मौसममा बाटोको निर्माण कार्य पुनः आरम्भ गर्ने भरोसा दिएर निर्माण कार्य रोकेका थिए भन्ने भरत तामाङले बताएका छन्। उनले अझ भने, ‘गत वर्षको सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, दिसम्बर गएर पनि यस वर्षको जनवरी, फरवरी, मार्च, अप्रेल महिनाहरू बितिसक्दा पनि सोम चिया कमान जाने बाटोको निर्माण कार्य नहुँदा आफुहरूले बिजनबारी इञ्जिनिरिङ विभागको अधिकारीहरूसँग कुरा गर्दा बाटोको निर्माण कार्य शीघ्रै शुरू गरिने वचन दिएका थिए। यसैबीच ठेकादारसंटँग कुरा गर्दा बाटोको निर्माण कार्य गर्ने तर बाटोमा नालाको निर्माण नगर्ने साथै हल्का फुल्का मरमतिको कार्य गर्ने जस्ता जानकारी हामीलाई जनाउँदा हामी आचार्य चकित बन्यौं।’
यसै सन्दर्भमा बिजनबारी इञ्जिनिरिङ विभागको विभागीय अधिकारीसंटँग पुनः भेटवार्ता गर्दा १ करोड ३३ लाख रूपियाँको राशिमा सोम चिया कमान जाने बाटोको निर्माण कार्यको निम्ति राशि आवण्टन भएको छ अनि बाटोको निर्माण कार्य २० एमएम अलकत्रको कार्पेटिङ साथै बर्खाको पानी बाटोमा बग्नु हुँदैन। त्यसकारण नालाको पनि निर्माण गरिनुपर्छ भन्ने विभागीय अधिकारीले आफुहरूलाई जानकारी गराएका थिए भनी तामाङले भने। तर ठेकादार आफ्नो अडानमा अडिक रहेको हुँदा अब हामीसँग धरनामा बस्नुबाहेक अन्य कुनै विकल्प छैन भन्दै हाम्रो पार्टीको कार्यकर्ता भरत तामाङले सम्बन्धित विभागीय अधिकारीलाई एक सप्ताहभित्र सोम चिया कमानको जनताले भने जस्तो बाटोको निर्माण कार्य शुरू नगरे यहाँको लुइस जुब्लीस्थित बिजनबारी इन्जीनिरिङ विभागको कार्यालय अघि हामी धरनामा बस्नेछौं अनि अब हुने धरनामा भरत तामाङ मात्र होइन हाम्रो पार्टीको हजारौं कार्यकर्ता एंव समर्थकहरूले अंश ग्रहण गर्नेछ भन्ने चेताउनी दिएका छन्। उनले अझ भने, ‘सोम चिया कमानको बाटोको अवस्था अति नै सोचनीय छ यदि कुनै पनि समय अप्रिय घटनाहरू घटेको खण्डमा त्यसको जिम्मेवार विभागीय अधिकारी साथै ठेकादार रहनेछ।’

About Author

Advertisement